अछाम क्षेत्र नम्बर २ को सभापतिमा धामीको उम्मेदवारी


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
16.9K
SHARES

२१ भदौ काठमाडौ । काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला नेपाली काङ्ग्रेसका युवा नेता टंक बहादुर धामीले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा लड्ने घोषणा गरेकाछन ।नेपाली काङ्ग्रेस अछामका क्षेत्रीय सचिव ,प्रदेश सभा    (क ) सभापति पन्चदेवल बहुमुखी क्याम्पस उप  प्रशासक, रेडियो पन्चदेवल एफएमका कार्यकारी निर्देशक हुँदै विभिन्न क्षेत्रमा रहि काम गर्दै आइरहेका  धामीले १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा  दाबी गरेका हुन् ।संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू सभापति लड्न लागेको धामिले बताए ।