एमसीसी पास गरे त्यसको मूल्य देउवा सरकारलाई महँगो पर्छ – उपाध्यक्ष गौतम


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
7.7K
SHARES

२१ भदौ काठमाडौ । आज अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतमले गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिले वाक् स्वतन्त्रताविरुद्ध रहेको बताएका छन साथै  यसप्रकारको विज्ञप्ति फिर्ता लिनुपर्ने बताएका छन्।

कान्तिपुर कलेज अफ हेल्थ साइन्स कलेजको दोस्रो सम्मेलन उद्घाटन गर्दै उपाध्यक्ष गौतमले देउवा सरकारको उक्त विज्ञप्तिले नागरिक आवाज नियन्त्रण गरेको बताएका हुन्।

उनले भने, ‘राष्ट्रिय स्वाधीनताको कतिपय सवालमा मौनता साँधेको देउवा सरकारले हालै जारी गरेको विज्ञप्तिले नागरिक आवाजलाई नियन्त्रण गर्ने कोशिस गरेको छ। यस प्रकारको गैरसंवैधानिक हर्कतको अनेरास्ववियू (क्रान्तिकारी) घोर निन्दा गर्दछ।’

साथै जनभावनाविपरीत एमसीसी पास गर्ने कुचेष्टा गरिए त्यसको मूल्य देउवा सरकारलाई महँगो पर्ने समेत उपाध्यक्ष गौतमले चेतावनी दिए।