विद्यार्थी आन्दोलनलाई कमजोरी नठानियोस् – सचिव कार्की
२१ भदौ काठमाडौं ।आज माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का सचिव पवन कार्कीले विद्यार्थी आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन ।
पब्लिक युथ क्याम्पसको १३औॅं क्याम्पस सम्मेलनलाई सम्बोधन गर्दै विद्यार्थी नेता कार्कीले सरकारलाई उक्त चेतावनी दिएका हुन् ।
मुलुकलाई विभिन्न ठुला आन्दोलनमा विद्यार्थी संगठनले सहयोगी र नेतृत्वदायी भूमिका खेलेको बताएका छन । संघीयता र गणतन्त्रलाई मास्न लागि परेका प्रतिक्रियावादीको मतियार केपी ओलीलाई हटाउन विद्यार्थी संगठन र त्यसमा पनि अखिल क्रान्तिकारीको मुख्य भूमिका रहेको बताए ।
हामीले आगामी २२औ राष्ट्रिय सम्मेलनबाट नया नेतृत्व दिनुको साथै स्ववियुमा उमेर हद कायम रहेको हुदा हामीले पनि त्यसलाई मध्यनजर गर्दै विद्यार्थी वर्गमा नै नेतृत्व प्रदान गर्न योग्य बनाएर हस्तान्तरण गर्न आतुर रहेको उनले बताए ।