एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २१ २०७८
13.3K
SHARES
२१ असोज काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका विषयमा बैठकमा छलफल हुनेछ ।
पार्टीबाट सरकारमा जाने मन्त्रीको टुंगो लागि नसकेको अर्का स्थायी कमिटी सदस्य प्रवेश हमालले जानकारी दिए । एकीकृत समाजवादीको भागमा चार मन्त्रालय परेको छ । उसले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।
एकीकृत समाजवादीमा नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङलगायत मन्त्रीका आकांक्षी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट