उत्तरी अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण, ५० को मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २३ २०७८
3.8K
SHARES

२३ असोज एजेन्सी । उत्तरी अफगानिस्तानको कुन्दुजस्थित एक मस्जिदमा आत्मघाती हमलामा कम्तिीमा ५० जनाको मृत्यु भएको छ ।आक्रमण प्रार्थनाको समयमा भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

आत्मघाती हमलामा सय जनाभन्दा बढी घाइते भएका छन ।सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौँ शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन्।

हालसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन।इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्।

इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस–केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ।उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो।

धैरै अफगानीहरूले तालिबानले शक्ति हातमा लिएपछि निरङ्कुशता देखा परे पनि शान्ति छाउने अपेक्षा गरेका थिए।

तर आइएस समूहले सुरक्षा सुधार गर्ने तालिबानको वाचामा महत्त्वपूर्ण जोखिम थपेको बिबिसले जनाएको छ ।