यस कारण शुक्रबार सार्वजनिक बिदा
२४ कात्तिक काठमाडौ । ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।
पर्वको मुख्य दिन शुक्रबार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विसं २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ ।