मूल्यवृद्धि होइन समायोजन हो – आयल निगम
२५ कात्तिक काठमाडौ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको बताएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति’ विषयक कार्यक्रममा बोल्दै निगमका नायब प्रवन्ध निर्देशक नागेन्द्र शाहले मूल्य वृद्धि नभएर मूल्य समायोजन भएको दावी गरे ।उनले भने, ‘सबै इन्डिकेटर अटोमेकिट छ, निगमको प्रशासनिक खर्च जम्मा ०.४८ प्रतिशत हो, बाँकी हाम्रो नियन्त्रणमा छैन ।’
कोभिड–१९ महामारी सुरु भएयता निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ ।