उपत्यकामा नेपाल बन्दको प्रभाव सामान्य बन्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ३० २०७८
7.5K
SHARES

३० कात्तिक काठमाडौ । आज  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य रहेको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् । अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ ।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।