नयाँ नम्बर रेन्ज अनुमतिविना प्रयोग नगर्न टेलिकमलाई निर्देशन


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
6.5K
SHARES

७ मंसिर काठमाडौं ।अहिले  नेपाल टेलिकमले मोबाइल सेवा (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम)मा अनुमतिविनै ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको खुलेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिएको नम्बरको रेन्जमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

९८ को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको थियो । तर, अनुमति नलिई ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको भन्दै प्राधिकरणले अब यस्तो नगर्न निर्देशन दिएको हो ।