डुंगा दुर्घटना हुदा २९ बालबालिकाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १६ २०७८
7.8K
SHARES

१६ मंसिर एजेन्सी । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु थिए ।नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् ।

दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ ।