ट्याक्टर दुर्घटना हुदा श्रीमानको मृत्यु, श्रीमती घाइते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १७ २०७८
3.3K
SHARES

१७ मंसिर रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको ज्यान गएको छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् ।

उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए ।