केन्द्रीय सदस्यमा देवकोटाको उम्मेद्धारी


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १८ २०७८
11.6K
SHARES

१८ पुस काठमाडौं । पुस २४ गते हुने नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको सदस्यमा वसन्त देवकोटाले उम्मेद्धारी दिएका छन्। निर्वाचनको लागि देवकोटाले खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएका हुन्। बसन्त अधिकारीको नेतृत्वमा प्रगतिशील समूहबाट आफुले खुला केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएको देवकोटाले जानकारी दिए।

लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका देवकोटा यूवा जनस्वास्थ्यकर्मी हुन्। जनस्वास्थ्यसंग सम्बन्धित विभिन्न संघसंगठनमा रहेर सक्रियतापुर्वक काम गर्दै आएका देवकोटाले तमाम जनस्वास्थ्यकर्मीको हकहितको पक्षमा काम गर्न आफुले उम्मेद्धारी दिएको बताएका छन्।

संघको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ३५ जनाको उमेद्वारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो ।