आज ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २० २०७८
8.2K
SHARES

२० पुसकाठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।  मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।