बढ्यो कोरोना : १४४६ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्‍यु


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २६ २०७८
3K
SHARES

२६ पुस काठमाडौं । आज २४ घण्टामा थप 1४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।