गठबन्धनमा असर पर्दैन – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
3.8K
SHARES

९ फागुन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुद्दाको गुण र दोषमा गठबन्धनमा असर नपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले कुनैपनि विषयको गुण र दोषमा आधारमा गठबन्धनमा समस्या नआउने बताएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

“गठबन्धनका सम्बन्धमा प्रधानमन्त्री देउवाले कुनै पनि मुद्दाको गुण र दोषमा गठबन्धनमा असर गर्दैन भन्नुभएको छ,” महतले भने ।उनले कांग्रेस एसमीसीमा स्पष्ट रहेको पनि बताए ।

“हामी सत्तामा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को भन्ने छैन । अब एमसीसीबाट पछि फर्कदैनौँ । गठबन्धनमा दलहरूमा पनि फरक छ । तर, टेबल सहमतिमा भएको हो,” उनले भने र उनले एमसीसी सहयोग अनुदानबाहेक अरू केही नभएको पनि बताए ।  “यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो । सेना आउँछ भनेको छ,  काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहास झुटो र नियोजित प्रचार कहिले भएको थिएन,” उनले भने ।