नेता रावलले दिए स्पष्टीकरण सोध्ने चर्चापछि यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८
7.8K
SHARES

१० फागुन काठमाडौं। नेकपा (एमाले)का नेता भीम रावलले ‘देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको हो ?’ भन्दै प्रश्न गरेका छन्। रावलले मंगलबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वाधीनताको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा स्पष्टीकरण सोध्नुपर्ने भन्ने कुरा आएको बताएका छन्।

एमालेको अवरोधबीच बसेको आइतबारको प्रतिनिधिसभा बैठकमा उनले एमसीसी सम्झौता टेबल गर्न नहुने भन्दै बोलेका थिए। पार्टी संसदीय प्रक्रियामा भाग नलिएका बेला बोलेको भन्दै रावललाई स्पष्टीकरण सोध्नुपर्ने नेताहरूले बताइरहेका छन्। सोही विषयमा नेता रावलले बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? भन्दै प्रश्न गरेका छन्।

‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? के अब देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको हो ?,’ रावलको प्रश्न छ।