गठबन्धन टुटाउने प्रयास भइरहेको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८
8.9K
SHARES

११ फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टीको वाग्मती प्रदेश कमिटीको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार फुटाउने प्रयास पनि भइरहेको बताए । “यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबनधन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइरहेको छ नि,” उनले भने ।