प्रधानमन्त्री र ओलीबीच साँझ पुनः छलफल हुने , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
3.3K
SHARES

१२ फागुन काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।