एमसीसी स्वीकार : देशप्रतिको गद्दारी हो – सांसद रावल
१५ फागुन काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन एमसीसी) अस्वीकार गर्न सबैलाई आह्वान गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै रावलले यस्तो बताएका हुन्।
उनले नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता स्वीकार्य नहुने उल्लेख गरका छन्। देशलाई दीर्घकालीन रुपमा पर्ने असरलाई वेवास्था गर्दै सरकारले अनुमोदन गर्ने निर्णय गरेकोप्रति उनले आपत्ति जनाएका छन् ।
व्याख्यात्मक टिप्पणीबाट सम्झौता अनुमोदन गर्न खोज्न जनतालाई झुक्याउनुमात्र भएको उनको भनाइ छ। राष्ट्रिय स्वाधिनताको विषय हल्लाका बीच प्रस्तुत गर्नु घातक भएको उनको भनाइ छ। एमसीसीको समर्थन गर्ने देशका लागि गद्धार हुने उनको भनाइ छ।