एमसीसी पारित गर्नु आत्मघाती हुन्छ – सांसद् पौडेल


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
2.3K
SHARES

१५ फागुन काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले एमसीसी सम्झौता राष्ट्रिय हितविरुद्ध भएकाले अस्वीकार गर्नुपर्ने बताएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भनिन्, “एमसीसी राष्ट्रिय हितको विरुद्ध छ । यसलाई अस्वीकार गरेर जानुपर्छ ।”

अमेरिकाका मन्त्रीहरूले एमसीसी हिन्द प्रशान्त रणनीति (आईपीएस)को अंग भएको बताइसकेको भन्दै आईपीएसको मुख्य उद्देश्य चीनको घेराबन्दी भएको उनको भनाइ छ ।

एमसीसी सदनबाट पारित गर्नु आत्मघाती भएकाले त्यसलाई खारेज गर्न उनको आग्रह छ ।  “एमसीसी पारित गर्नु आत्मघाती हुनेछ । एमसीसी खारेज गर्न विनम्र अनुरोध गर्दछु,” उनले भनिन् ।