एमसीसी परिमार्जन हुँदैन – डा.मिनेन्द्र रिजाल
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १५ २०७८
2.7K
SHARES
१५ फागुन काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।
उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए । सत्तामै रहेका दलका केही नेताले एमसीसीको समर्थन र केहीले आलोचना गर्दै आएकोमा पनि उनले असन्तुष्टि जनाए । उनले जनतालाई गुमराहमा राख्न नहुने प्रस्ट पारे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट