समस्याहरु आ-आफ्नो कमिटीको बैठकमा छलफल गरौ – न्यौपाने
१९ फागुन काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यति दिएपछि माओवादीमा विवाद चुलिएको छ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो।
त्यसै बीचमा पार्टीको केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले हाल पार्टीमा देखा परेको समस्यको लागि अतिरन्जीत गर्न भन्दा आफ्नो-आफ्नो कमिटिमा छलफलको लागि अनुरोध गर्दै आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन ।
हाम्रा नेता-कार्यकर्ता साथीहरूमा अनुराेध
हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)भित्र धेरै समस्यहरु गुजुल्टिएर आएका छन् । संस्थागत छलफल र निर्णय नहुने प्रणालीले पार्टी रक्षात्मक हुनुकासाथै कार्यकर्ता निराश हुने प्रकृया mcc प्रकरणसम्म आउँदा सतहमै देखिएकाे छ । यस्ताे बेला पार्टी विभाजन हुने हल्लाले थप अन्याेलकाे स्थिति बनेकाे छ । यतिबेला सबै नेता-कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम् समस्याहरु आ-आफ्नाे कमिटीकाे बैठककाे आयाेजना गरेर तिखाे र जिवन्त बहस, छलफल र आलाेचनाद्वारा हल गर्ने काेषिस गर्न जरुरी छ । पार्टीभित्रका समस्याहरुकाे हल तुरुन्तातुरुन्तै अर्काे पार्टी बनाउने, पार्टी छाेड्ने, निस्कृय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन । नेपाली वाम आन्दोलनमा यस्ताे चक्र धेरै चल्याे तर समस्याले हल दिन नसकेकाे तथ्य हामी धेरैले निर्माण गर्याै र गरिरहेका पनि छाैं । यसकाे अर्थ गलत चिजसँग आत्मसमर्पण गर्ने र त्यसैलाई वाम आन्दोलन भन्ने हाेइन कि संघर्षद्वारा उपलब्धिकाे रक्षा र नयाँ सम्भावनाहरुकाे खाेजी गर्ने तरिका स्थापित गर्ने पनि हाे । त्यसकारण साथीहरुलाई असन्तुष्ट र निराश भएर हाेइन, समस्य हल गर्ने उद्देश्यमा अझ सकृय बनाै । कमिटीगत निर्णयभन्दा बाहिरबाट हुने निर्णयहरुले पैदा गरेका कैयाैं समस्याहरु नैतिक धरातलमा टेकेकाे सामूहिक पहलले हल गर्न सक्छ भन्ने मान्यतालाई प्रयाेगमा उताराैं ।