हमाल जी राजनीतिको कखरा सिकेर आउनुहोस् – अध्यक्ष सिंह


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
10.1K
SHARES

२६ फागुन काठमाडौ ।आज अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले राजेश हमाललाई काठमाडौको मेयर ताक्नु अघि राजनीति सिकेर आउन आग्रह गरेकी छन ।एक  नम्बर प्रदेश समितिद्वारा  सुनसरीको धरानमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले नेपाली सिने क्षेत्रमा महानायकको उपाधि पाएका नायक हमाललाई  यस्तो सुझाव दिएकी हुन ।

‘राजेश हमाल मेरा मनपर्ने कलाकार हुन । नेपाली कला क्षेत्रमा उनको नाम प्रति म पनि सम्मान व्यक्त गर्छु । तर तपाईले देखिरहनुभएको छ । एउटा कमेडियनले आफ्नो लोकप्रियतालाई प्रयोग गरेर मुलुकको नेतृत्त्व गर्दा  युक्रेनको कुटनीतिले कसरी हावा खाइरहेको छ,’ उनले भनिन्, ‘राजनितिक अनुभव नभएका एउटा कलाकारलाई अति विश्वास गरेर रातारात  सत्तामा पुर्याउँदा युक्रेनी जनताले कसरी बर्वादीको सामना गर्नु परिरहेको छ? काठमाडौंको मेयर  लड्ने ? त्यो पनि प्रतिगमनकारी केपी ओलीको पार्टीबाट टिकट लिएर?  यो त दुई–दुईपटक  जननिर्वाचित संसदको हत्या गर्ने ओली राजनितीलाई सपोर्ट गरेको ठहरिन्न र हमालजी ?’

परिवर्तनको पक्षधर राजनिती गर्न सुझाउँदै उनले भनिन ‘राजनिती गर्ने नै भए आउनुस अलिकति तयारी सहित अग्रगमन र परिवर्तनको पक्षमा रहेका शक्तिसँग मिलेर सहकार्य गरौं । नत्र  फरक क्षेत्रबाट  राजनीतिमा आएका रविन्द्र मिश्रको असफल राजनितीले पुष्टी गरिसकेको छ । पश्चगामी एजेण्डा बोकेर हामी नयाँ ठहरिन संभव छैन ।’