माओवादीका २८ कमाण्डका यी हुन् २१ कमाण्डर
५ चैत काठमाडौं । २०७९ साल बैशाख ३० गते हुने चुनावका लागि देशब्यापी अभियान चालिरहेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रीय २८ कमाण्ड तोके लगत्तै कमाण्डरको पनि छिनोफानो गरेको छ ।
सहमति भए तालमेल गर्ने नभए एक्लै चुनाव लड्न कस्सिएको माओवादीले तिब्र तयारीका लागि कमाण्डर तोकेको हो । ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने उनीहरुको भनाइ छ। दुई महिने अभियानका लागि सो पार्टीले ‘गाउँ नगर घर घर जाऔँ । माओवादी केन्द्रलाई विजयी गराऔँ, माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व, नेपाली जनक्रान्तिको अमूल्य उपहार संघ, प्रदेश र स्थानीय स्तरमा जनसरकार, सबै खाले प्रतिगामी षडयन्त्रको प्रतिकार गरेर जनक्रान्तिका उपलब्धिको रक्षा र बिस्तार गरौं, श्रम, रोजगार उत्पादन र आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि गरौं, विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौं, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको विकास गरौं’ जस्ता नारा तय गरेको छ ।
पार्टीले चुनावी अभियानका लागि प्रदेशगतरुपमा २८ वटा कमाण्ड बनाएको पनि ती नेताको भनाइ छ । प्रदेश १ मा विभिन्न जिल्ला समेटेर ५ वटा कमाण्ड निर्माण गरिएको छ । जसअनुसार ताप्लेजुङ, पाँचथर, ईलाम समेटेर एउटा कमाण्ड बनाइएको छ भने झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुरको ३-३ जिल्लाको अन्य कमाण्ड बनाइएको छ । यस्तै सोलुखुम्बु र ओखलढुङ्गाको अर्को कमाण्ड बनाइएको छ । मधेस प्रदेशमा ४ वटा कमाण्ड बनाइएको ती केन्द्रीय सदस्यले बताए । उनले भने सप्तरी र सिरहा, धनुषा र महोत्तरी, सर्लाही र रौतहट, बारा र पर्सा जिल्ला समेटेर कमाण्ड बनाइएको उनको भनाइ छ । बागमती प्रदेशमा चितवन र मकवानपुर, धादिङ, नुवाकोट र रसुवा, सिन्धुपाल्चोक दोलखा र काभ्रे, सिन्धुली र रामेछाप तथा भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला समेटेर ५ वटा कमाण्ड बनाइँदा गण्डकी प्रदेशमा गोरखा, लमजुङ र मनाङ, तनहुँ र नवलपरासी पूर्व, स्याङ्जा, कास्की र पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला समेटेर ४ वटा कमाण्ड बनाइएको छ । लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची, प्युठान, रुकुमपूर्व र रोल्पा तथा दाङ, बाँके र बर्दिया समेटेर ४ वटा कमाण्ड बनाइएको छ । कर्णाली प्रदेशमा सुर्खेत, दैलेख र सल्यान, जाजरकोट, डोल्पा र रुकुम पश्चिम जिल्ला समेटेर ३ वटा कमाण्ड बनाइँदा सुदूरपश्चिममा पनि ३ वटा नै कमाण्ड रहेका छन् । जसमा अछाम, डोटी र बाजुरा, बैतडी, बझाङ र दार्चुला तथा कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्ला समेटिएको छ । मधेश प्रदेश र गण्डकीमा कमाण्डर तोक्न बाँकी छ भने अन्य पाँच वटै प्रदेशले कमान्डर पाईसकेका छन्।
को को हुन् कमाण्डरः प्रदेश १ मा ५ कमाण्डर प्रदेश १ का १४ जिल्लामा ५ कमाण्डर तोकिएका छन् १. ताप्लेजुङ, पाँचथर, इलाम– इन्द्र आङ्बो २. झापा, मोरङ, सुनसरी– सावित्रीकुमार काफ्ले ३. धनकुटा, तेह्रथुम, संखुवासभा– हेमराज भण्डारी ४. भोजपुर, खोटाङ– अजम्बर काङमाङ राई ५. सोलुखुम्बु, ओखलढुंगा, उदयपुर– सुरेशकुमार राई बागमती प्रदेशमा ५ कमाण्डर १. काठमाडौँ, ललितपुर, भक्तपुर– ईश्वरी भट्टराई २. चितवन, मकवानपुर– नारायण दाहाल ३. धादिङ, नुवाकोट, रसुवा– हितबहादुर तामाङ ४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक– कृष्ण सापकोटा ५. सिन्धुली, रामेछाप– सूर्य सुवेदी लुम्बिनी प्रदेशमा कमाण्डर १. बाँके, बर्दिया र दाङ–ओनसरी घर्ती २. रोल्पा, रुकुम पुर्व र प्युठान –जोखबहादुर महरा ३. गुल्मी, अर्घाखाँची र पाल्पा –जगप्रसाद शर्मा ४. नवलपरासी, रुपन्देही र कपिलवस्तु –हकिकुल्लाह खाँ कर्णालीका ४ कमाण्डर १. जाजरकोट, दैलेख– रामदीप आचार्य २. डोल्पा, रुकुम पश्चिम– राजकुमार शर्मा ३. कालिकोट, जुम्ला, मुगु, हुम्ला– महेन्द्रबहादुर शाही ४.सल्यान, सुर्खेत– टेकबहादुर बस्नेत सुदूरपश्चिमका ३ कमाण्डर १. अछाम, डोटी, बाजुरा– शरद सिंह २. बैतडी, बझाङ र दार्चुला– लक्ष्मणदत्त जोशी ३. कैलाली, कञ्चनपुर, डडेलधुरा– नेपबहादुर चौधरी