तपाईंको साथमा सिङ्गो पार्टी छ, खर्चको दुःख हुन दिइन्नँ – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८
8.6K
SHARES

८ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान वीर अस्पतालमा पुगि काभ्रे महाभारत गाउँपालिका ६ का पुर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेट गरि उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

जनयुद्धको क्रममा मकवानपुरको झुरझुरेमा घाइते भएका भएको राना शान्ति प्रक्रिया पछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आउएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछी उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकहरुको सहयोगले उनको उपचार भैरहेको छ। भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुन नदिने र ७ बर्षको बच्चाको पढाई र श्रीमतिको रोजगारीको लागि पहल गर्ने बताएका छन् ।