मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीले माग्यो यी थप मन्त्रालय !


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८
4.6K
SHARES

८ चैत काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्। पार्टीले आयोजना गरेको चुनावलक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज बिहान जनकपुर पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषदमा परिवर्तन हुने सम्भावना रहेको जानकारी दिएका हुन्।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावनाचाहिँ छ’, उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि छ, केही नयाँ आउने सम्भावना पनि छ।’

यस विषयमा प्रधानमन्त्री देउवालाई गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको भन्ने कुरा आफूले राखेको बताए ।

‘माओवादी केन्द्रले जति मन्त्रालय पाउनुपर्ने प्रधानमन्त्रीको पार्टीको महाधिवशेनसम्म सहयोग गर्नुपर्यो भनेर उहाँले असाध्यै जोड गर्नुभएको, माधवजीले भर्खर नयाँ पार्टी बनाएको मलाई साह्रै दुःख छ, मलाई सहयोग गर्नुपर्यो भन्या हुनाले सहयोग गर्ने काम सबै माओवादी केन्द्रबाटै हुने गरेको छ’, प्रचण्डले भने, ‘अहिले चाहिँ यदि मन्त्रिमण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भनेर हामीले प्रधानमन्त्रीलाई भन्या छौं, उहाँ सहमत पनि हुनुहुन्छ’, प्रचन्डले पत्रकार सम्मेलनमा भने।