ओलीको प्रश्न देउवालाई – चुच्चे नक्सा राखेर आउने कि हटाएर ?
२० चैत काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा नराखिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार काठमाडौंमा भएको नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा बोल्दै उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर फर्कने कि हटाएर भन्दै प्रश्न गरे ।“दिल्लीस्थित राजदूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको नक्सा बुच्चे राखिएको छ, चुच्चे हटाइएको छ,” ओलीले प्रश्न छ, “फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, संविधान संशोधन गरेर बनाएको नक्सा राखेर फर्किनुहुन्छ कि हटाएर फर्किनुहुन्छ शेरबहादुरजी ?”