प्रचण्ड र पित्तबहादुर बीच भयो यस्तो कुराकानी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८
7.3K
SHARES

२३ चैत काठमाडौ । केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुन: माओवादीमै फर्किएका छन् ।

समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।

“अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु” – आज बिहान खुमलटार पुगेका धादिङ रोराङ बेनिघाट गाउँ पालिका अध्यक्ष हरि डल्लाकोटीले भने। अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस भन्नुभयो ।