तुर्माखादमा काँग्रेसबाट चलाउनेको दावी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८
13.7K
SHARES

२३ चैत काठमाडौ । नेपाली काँग्रेस अछामका नेता रामबहादुर चलाउनेले स्थानीय तहको निर्वाचनमा तुर्माखाद गाउपालिकाको अध्यक्षमा दावी गरेका छन । उनी २०३६ साल देखि नेपाली राजनीतिमा सकृय छन् ।

२०४७ साल देखि राप्रपा पार्टीमा रहेर काम गरिरहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य हुनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपा पार्टीका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेद्‍वारी दिदै पराजित हुनु भएका थिए । केहि समय पहिला कांग्रेस प्रवेश गरेका चलाउने स्थानीय स्थरमा राम्रो छवी बनाएका छन ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन। शिक्षण पेशा पृष्ठभुमी भएका चलाउने उक्त पेशा छोडिसकेपछी निरन्तर राजनीतिमै कृयाशिल छन ।

शिक्षा , स्वास्थ्य मानिसको मौलिकहक भएकाले यहाको जनताको लागि सुविधा सम्पन्न शिक्षालय र अस्पतालहरू निर्माण गरि जनताको सेवा गर्ने चहाना रहेको बताएका छन । सथै पर्यटनको क्षेत्रमापनि प्रचार प्रसार गरि यहाको जनताको जीवन स्तर माथी उठाउने व्यक्त गरे ।

सत्ता गठबन्धन भए अनुसार पहिला पनि काग्रेसले नै जितेको हुदा अहिले पनि हाम्रो दावी स्वाभाभिक नै रहन्छ र अग्रहजरको हिसावले पनि आफ्नो दावी रहेको उनले बताएका छन ।