नेपालको तीन र प्रचण्डको चार सिट पनि आउन गाह्रो छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८
5.6K
SHARES

२५ चैत  काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँउदो निर्वाचनमा माधव नेपालको पार्टीले तीन सिट पनि ल्याउन नसक्ने ठोकुवा गरेका छन् । २२/२३ सिट ल्याउने हुत्ति छ ? छैन उनीहरुले तीन सिट ल्याएर देखाउन त ? ओलीले चुनौती दिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पनि चार सिट आउन गाह्रो रहेको भन्दै जीत्न नसक्ने भएपछि नै ७४ सालमा एमालेसँग मिलेको दाबी गरे । उनले देश विकास गर्ने एमाले मात्र भएको भन्दै भ्रष्टाचारीहरुले वाईडबडीको कुरा उठाएको बताए । स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् ।

नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’