”बा ”को रागो रुवाइले निलम्बन सही निर्णय रहेछ भन्नेमा पुगें – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
13.2K
SHARES

२८ चैत काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । नेपाल सरकारले उनीलाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् ।

उनी निलम्बनमा परेसगै नेकपा एमालेले सार्वजनिक कार्यक्रम नै गरेर विरोध समेत गरेको छ । त्यसै सन्दर्भमा उक्त कार्यक्रमलाई लिएर नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामांगले आफ्नो फेसबुक सामाजिक संजालमा यस्तो लेखेका छन – आर्थिक संकटको कालो बादल मडारिरहेको बेला गभर्नरले सरकारलाई असहयोग गरेको कुरा आईरहेकै थियो । एक कर्मचारी माथि कतै सरकार पुर्वाग्रही बन्यो कि भन्ने चर्चा पनि यदाकदा हुदैथ्यो ।
तर जव एमाले नेताहरुको लामलस्कर पत्रकार सम्मेलन गरे र उक्त निर्णयबारे ”बा ”को रागो रुवाइ निलम्बन सही निर्णय रहेछ भन्नेमा पुगें ।