उम्मेद्धार आफैले चुनावी खर्च गर्दा भ्रष्टाचार बढ्यो, अब राज्यले खर्च गरौँ – डा. भट्टराई
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख २ २०७९
3.6K
SHARES
२ बैशाख काठमाडौँ। जसपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री र अर्थमन्त्री भईसकेका डा. बाबुराम भट्टराईले चुनावमा उम्मेद्धार आफैले खर्च गर्दा जनप्रतिनिधि त्यही खर्च उठाउन राज्यको स्रोत दोहन गरेर भ्रष्ट भएको भन्दै त्यस्तो खर्च राज्यले गर्न प्रस्ताव गरेका छन् ।
ट्वीटरमा लेख्दै भट्टराईले भ्रष्टाचारको मुहान यही नै भएकाले तीनै तहको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन मार्फत गर्ने र विधायिका पूर्ण समानुपातिक विधिबाट गर्नु पर्ने र यी निर्वाचनको खर्च सबै राज्यले ब्यहोर्नु पर्ने प्रस्ताव गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट