माओवादीबाट शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री कोईराला सिफारिस


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
4.5K
SHARES

३ वैशाख तनहुँ । संघीय नेपाल सरकारमा पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आसा कोइरालालाई शुक्लागण्डकी नगरपालिकामा मेयरका लागि सिफारिस गरिएको छ । शुक्लागण्डकी नगरपालिका नगर समितीको बिस्तारित बैठकले सर्वसम्मतरूपमा पुर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य आशा कोइरालालाई नगर प्रमुखको उमेद्दवार बनाउने निर्णय गरेको हो ।

कोइरालाले देउवा सरकारको बेला संघीय सरकारमा महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन । मन्त्री तथा प्रधानमन्त्री या सांसद भइसकेको व्यक्तिले स्थानीय तहको निर्वाचन लडनु हुँदैन भन्ने परम्परागत मानसिकतालाई तोड्दै कोइरालाको नाम सिफारिस भएको हो ।

जनयुद्दकालमा लामो हण्डर तथा यातना सहँदै राजनीतिलाई अघि बढाएकी कोइरालाले उम्मेदवारी दिएपछि नगरपालिकामा ठूलो हलचल मच्चिएको छ ।