भरतपुर महानगरसहित यी ४ उपमहानगरमा माओवादीको दाबी
४ वैशाख काठमाडौ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उप(महानगरपालिकामा दाबी गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप–महानगरपालिकामा दाबी गरेको हो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।सबै दलहरुले आ(आफ्नो अडान राखेपछि आजको बैठकमा कुनै निष्कर्ष निस्कन सकेन ।