केही थान मान्छेले जागिर खाने मेसोमा सिमित हुन्छ चुनाव – नेता न्यौपाने
५ वैशाख काठमाडौ । स्थानीय चुनाव नजिकिदै गर्दा नेताहरू जिल्ला जाने क्रम बढेको छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ न्यौपाने पनि आफ्नो जिल्ला गोरखाको विभिन्न ठाउमा पुगि चुनावी कार्यक्रमहरूमा सहभागि भएका छन ।
उक्त सहभागिता पछि नेता न्यौपानेले यस्तो निष्कर्ष निकालेका छन ।- जिल्ला भ्रमणको निष्कर्ष:
अन्तिममा जुन वर्गसँग लड्नु छ, त्यही वर्गकाे टाङ्मुनी छिरेर न संगठनलाई बचाउन सकिन्छ न त सुधारमार्फत् जनताकाे सेवा गर्न नै । मात्र केही थान मान्छेले जागिर खाने मेसाेमा सिमित हुन्छ चुनाव !