अवैधानिक घोषणा मान्दैनौ , सामुहिक राजीनामा दिन्छौ
५ वैशाख काठमाडौ । विगत लामो समयदेखि विवादीत हुदै आएको नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले पदाधिकारीलाई ७ महिनापछि पूर्णता दिएको छ । अध्यक्ष पंचा सिंहको नेतृत्वमा बसेको दोस्रो पूर्ण बैठकले घोषणा गरेको हो ।
घोषणा लगतै उक्त कमिटि विवादमा परेको छ । विद्यर्थीको माझमा रहेको नेताहरूलाई भन्दा पनि विभिन्न शैक्षिक माफियाहरू , ठेकेदारहरू र नेताको चाकरी गर्नेहरूलाई नेतृत्वमा ल्याएको प्रति तीव्र रूपमा असन्तुष्टी बाहिर आएको छ । हामीसॅंगको कुराकानीमा एक नेताले भने २५/३०% पनि केन्द्रिय सदस्य उपस्थिती नभएको अवैधानीक कमिटिले गरेको निणर्य मान्दैनौ । यसरी लुकेर जुम मार्फत गरिएको निर्णय मन्नपर्छ भन्ने पनि छैन उनले भने ।
संगठनको विधि र पद्धति अनुसार निर्णय हुने हो भने मानिन्छ नत्र समान्तार कमिटि घोषणा वा सामुहिक राजीनामाको विकल्प छैन उनले भने ।
विद्यार्थी माझ रहेका र विद्यार्थी आन्दोलनमा निरन्तर संघर्ष गर्दै आएको नेताहरूले आफ्नो फेसबुक मार्फत विरोध गरेका छन ।

यसरी विवादहरू बाहिर आएपछि हामीले संगठनको अध्यक्ष पंचा सिंहसॅंग सम्पर्क गर्दा हाम्रो सम्पर्कमा आउनु भएन ।