एमाले केन्द्रीय सदस्य ढुंगेलमाथि एमाले कार्यकर्ताले नै गरे आक्रमण
५ वैशाख काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि एमाले कार्यकर्ताले नै आक्रमण गरेका छन्। केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा ढुंगेललाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन्।
रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताएका छन्।
नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले ढुंगेललाई हातपात गरेकी हुन्। खाँडादेवी गाउँपालिका घर भएकी न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छन्।