यस्तो निष्कर्ष निकाल्दै एमाले सचिवालय बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
3.9K
SHARES

५ वैशाख काठमाडौं । आज नेकपा (एमाले)ले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजको आरोप लगाएको छ ।साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालाकोटमा बसेको सचिवालय बैठकले चुनाव रोक्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।

“वर्तमान सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्ने आभास हामीलाई भएको छ । त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,” एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।