प्रत्येक वर्ष एमालेले युवा उत्सव मनाउने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ७ २०७९
2.4K
SHARES

७ वैशाख काठमाडौँ । नेकपा (एमाले)ले प्रत्येक वर्ष युवा उत्सव मनाउने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक वर्ष ७ वैशाखमा युवा उत्सव मनाउने घोषणा गरेका हुन्। ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा ओलीले युवा उत्सव मनाउने र अन्तरक्रिया गर्ने जानकारी दिएका हुन्।

ओलीले भने, ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौँ।’ युवा उत्सव मनाउँदा युवाहरुको फिलिङ वा आकांक्षाहरुको सन्दर्भमा कुरा सुन्ने ओलीले बताए।

उनले भने, ‘युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौैँ। त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो।’ ओलीले आज ललितपुरको गोदावरीमा युवाहरूसँग अन्तरक्रिया गरेका छन्।