सातै प्रदेशमा गठबन्धनले संयुक्त चुनावी सभा गर्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
2.4K
SHARES

८ वैशाख काठमाडौं । गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङको भनाइ छ । गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।