प्रतिनिधि सभा विघटन बारे ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
4.8K
SHARES

८ वैशाख काठमाडौं ।आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिएका छन् ।

राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् । “यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला,” ओलीले भने, “प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।”