चितवनमा गठबन्धनका उम्मेदवारलाई जिताऔं – सभापति खनाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ९ २०७९
2.5K
SHARES

९ वैशाख चितवन। नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई अनुरोध गराएको छ। जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्।

खनालले भनेका छन्,‘गठबन्धनलाई नकरात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु। चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ।’

खनालले पार्टीको केन्द्रले गरेको निर्णय कार्यकर्ताले मान्नुपर्ने भन्दै जिल्लाका गठबन्धनलाई जिताउन आग्रह गरेका छन्।

यसअघि कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको प्रमुख पार्टीले पाएमात्रै गठबन्धन स्वीकार गर्ने निर्णय गरेको थियो। सभापति खनालको नेतृत्वमा नेताहरुले शीर्ष नेतालाई भेटेर दबाब दिएका थिए। तर केन्द्रीय गठबन्धनले भरतपुरको प्रमुख माओवादी केन्द्रलाई पारेको छ।