विप्लव नेतृत्वको नेकपा चुनावमा होमियो
११ बैशाख गोरखा । गोरखामा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि चुनावमा होमिएको छ । उकत पार्टीका नेता योगेन्द्र कुमालले गोरखा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कुमालले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन्। विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन ।
त्यसैले कुमालले स्वतन्त्र उम्मेद्वारी दिएको सो पार्टीका जिल्ला सेक्रेटरीले जानकारी दिए । गोरखा नगरपालिका वडा नम्वर १२ स्थायी ठेगाना भएका ४८ वर्षका कुमाल सो पार्टीको विशेष समिति सदस्य हुन् ।