बालुवाटारको सत्ता गठबन्धनको बैठकले दियो यस्तो कडा निर्देशन
११ वैशाख काठमाडौ । आज सत्ता गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको हो ।
बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई भने, ‘गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको छ ।
चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न पाँच दलीय गठबन्धनको पार्टी पङ्क्तिलाई निर्देशन गरिने निर्णय भएको छ ।’