काठमाडौंको मेयरमा सिर्जना सिंहको उमेदवारी मनोनयन


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९
3.2K
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले प्रमुख पदमा उमेदवारी दर्ता गराएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।

उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् । महानगरमा गठबन्धनको तर्फबाट उनी प्रमुख पदको उमेदवार हुन् । यहाँ उपप्रमुख भने नेकपा (एकीकृत समाजवादी)ले पाएको छ ।