काठमाडौंको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९
4K
SHARES

१२ बैशाख काठमाडौं। नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्। स्थापितले सोमबार दिउँसो प्रमुख निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो। बागमती प्रदेश सांसद समेत रहेका उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।

स्थापितसँगै एमालेबाट काठमाडौं महानगरमा उपमेयरको टिकेट पाएकी सुनिता डंगोल उम्मेदवारी दर्ता गराएकी छन्। पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो। दुवै जना बाजागाजासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।