२० अंकले घट्यो नेप्से
१५ वैशाख काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ०.८४ प्रतिशतले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से २० अंकले गिरावट हुँदा २३५६.१७ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ पनि ४.३२ अंकले घटेर ४५०.२४ अंकमा बन्द भएको छ । बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट भए पनि बिहीबार कारोबार रकम भने केही सुधार भएको छ । मंगलबार र बुधबार १ अर्बमा सीमित भएको कारोबार रकम आज डेढ अर्ब नजिक पुगेको छ ।
आज दिनभर बजारमा कुल १ अर्ब ४९ करोड ६२ लाखको कारोबार हुँदा आईएमई जनरल इन्स्योरेन्सको सवार्धिक ५ करोड २५ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ५ करोड ४ लाख र एनसीसी बैंकको ४ करोड ९७ लाखको कारोबार भएको छ ।
आज बजारमा कारोबार भएकोमध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयमूल्य बढेर सर्किट मूल्यमा बन्द हुँदा राधी जलविद्युत कम्पनीको ४.१७ प्रतिशत र माउन्टेन इनर्जीको ३.२९ प्रतिशतले वृद्धि भएको छ ।
यता गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य ३.९८ प्रतिशतले गिरावट हुँदा गणपति माइक्रोफाइनान्सको ३.८३ प्रतिशत र महुलि लघुवित्तको सेयरमूल्य ३.७३ प्रतिशतले गिरावट भएको छ ।