कुनै पनि गठबन्धन कांग्रेसविना टिकेको इतिहास छैन – नेता भण्डारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
2.3K
SHARES

२२ वैशाख काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रसका केन्द्रीय सदस्य शंकर भण्डारीले मुलुकमा कांग्रेससँग बनेका गठबन्धन मात्र सफल भएको इतिहास रहेको जिकिर गरेका छन् ।

बिहीबार चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको राष्ट्रिय आवश्यकता गठबन्धन भएको बताए । “२०४६ पश्चात् कांग्रेससँग भएको दलहरूको गठबन्धन मात्र सफल भएको छ । विगतमा हामीमाथि विभिन्न जेलझेल भए पनि अहिले पनि कांग्रेसको भूमिका उच्च छ, सबैले बुझे हुन्छ,” उनले भने ।

नेता भण्डारीले चितवनका कांग्रेस नेता–कार्यकर्ताहरू दुःखित र चिन्तित हुनुपर्ने कुनै कारण नभएको बताए । उनले पार्टीका सबै नेता–कार्यकर्ताहरूको उचित सम्मान गरिने पनि बताए ।