देशभर भोलि शनिबार सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९
2.8K
SHARES

२० जेठ काठमाडौ । आज गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।’