निशुल्क इन्डक्सन चुल्होका लागि आवेदन माग, यसरी भर्नुस् निवेदन (फारामसहित)


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २५ २०७९
3.6K
SHARES

२५ जेठ काठमाडौं। सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीका लागि विद्युतीय चुल्हो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज बुधबार सूचना निकाली विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको हो।

केन्द्रले प्रकाशित गरेको सूचनामा आवेदनका लागि विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेभित्र केन्द्रमा गई निवेदन दिनुपर्ने उल्लेख गरेको छ। केन्द्रका अनुसार खाना पकाउने ग्यासको मूल्य बढेकाले स्नातक तथा स्नातकोत्तर पढ्ने विद्यार्थीको राहतका लागि चुल्हो दिन लागिएको हो।

विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्होको आवेदन माग गरेको केन्द्रले जनाएको छ। केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालका अनुसार सरकारी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीको मागका आधारमा निस्शुल्क विद्युतीय चुल्हो वितरण हुनेछ। केन्द्रले यसअगाडि दुर्गम क्षेत्रबाट काठमाण्डौमा आएर अध्ययन गरेका विद्यार्थीबाट ८ हजार ३ सय माग सङ्कलन गरेको छ। उनीहरुलाई यो आर्थिक वर्षभित्र चुल्हो वितरण गरिने केन्द्रले जनाएको छ।

आवेदन फारामका लागि यहाँ क्लिक गर्नुहोस् र शिक्षण संस्थाको सिफारिसको नमूनाका लागि यहाँ क्लिक गर्नुहोस् र शिक्षण संस्थाको सिफारिसको नमूनाका लागि यहाँ क्लिक  गर्नुहोस् ।